१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:२५:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा भएको अनियमितताको विषयमा अख्तियारले छापा मारेको हो। खरिदको अनियमितताबारे आजको नयाँ पत्रिकामा समाचार प्रकाशित भएको छ। 

प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको समाचारलाई लिएर छापा मारेको हो। समाचारमा  कम्पनी नखुलाई ११ करोडका १७ हजार साइकल किनिएको विषय उल्लेख छ। खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेश सभामा समेत यसबारेका आवाज उठेको थियो।  तर, संसदीय समितिले छानबिनका लागि कागजपत्र माग गर्दा मुख्यमन्त्री कार्यालयले दिन मानेको थिएन।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले आयोगको टोलीले छापा मारेको नयाँ पत्रिकालाई जानकारी दिए। ‘कागजात लिएर टोली फर्कँदै छ। आजै छानबिनको निर्णय गरेर टोलीले कागजात लिएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘तपाईंहरूको समाचारलाई पनि उजुरीका रूपमा समावेश गरेका छौँ।’

प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐनविपरीत साइकल खरिद गरेको थियो। गत चैतमा वीरगन्जको ओम सत्यसाई प्रालिमार्फत खरिद गरिएका १७ हजार दुई सय ६२ साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड उल्लेख गरिएको थिएन।

यो पनि :
प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता : कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल

 

ad
ad