१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठगी मुद्दामा कानुन व्यवसायी नै पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२७:oo

जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक कानुन व्यवसायीलाई पक्राउ गरेको छ। कालिका नगरपालिका– ५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ परेका हुन्।
 
देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आठजनासँग जनही तीन लाख रुपैयाँ माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। भरतपुर महानगरपालिका– ३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिएका हुन्। जाहेरीपश्चात् देवकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद– २१ को दफा २४९ मा ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।