१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ११ सोमबार १३:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्व पर्यटन दिवस : मनाङमा पर्यटकलाई स्वागत

Read Time : < 1 मिनेट
२०७८ असोज ११ सोमबार १३:२०:००

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई मनाङमा स्वागत गरिएको छ । ४२औँ विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरूलाई अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र पर्यटन व्यवसायीहरूले स्वागत गरेका हुन् । 

मनाङ घुम्न हिँडेका पर्यटकलाई बाटोमै रोकेर व्यवसायीले खादा र अबिर लगाएर भव्य स्वागत गरेका हुन् । पर्यटन दिवसले पर्यटकहरूको आगमनमा नयाँ उत्साह थपिने एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए। सोमबार मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ मा रहेको एक्याप कार्यालयमा तीन इजरायली र एक भारतीय पर्यटकलाई सम्मान हो ।

यसैगरी, मनाङको पर्यटन चेकपोस्ट धारापानीमा पनि दुई पर्यटकलाई स्वागत र सम्मान गरिएको चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले बताए । कोरोनका कारण दुई वर्षदेखि अस्तव्यस्त बनेको पर्यटकीय क्षेत्र अब उठ्ने व्यवसायीहरूले बताएका छन् ।