मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

डब्लुएचओका महानिर्देशक भन्छन्– अफगानिस्तानको स्वास्थ्य सेवा पतनको बाटोमा छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले अफगानिस्तानको स्वास्थ्य सेवा पतनको अवस्थामा पुगेको बताएका छन्। गेहब्रेयससले त्यहाँको स्वास्थ्य सेवा पतनको बाटोमा रहेको भन्दै आपतकालीन कोष परिचालनमा जोड दिएका छन्। 

डब्लुएचओ प्रमुखले भने, ‘अफगानिस्तानको स्वास्थ्य प्रणाली पतनको अवस्थामा छ।’ अफगानिस्तानको अन्तरिम मन्त्रिपरिषदमा महिला प्रतिनिधित्वको अभावमा महिलाहरूलाई शिक्षा, स्वास्थ्य सेवा र स्वास्थ्य कार्यबलमा पहुँच अभाव हुने उनको भनाइ छ। ‘हामी महिलाहरूको स्वास्थ्य शिक्षामा लगानी गर्नका लागि साझेदारहरूसँग काम गर्न, साथै महिला स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण जारी राख्न प्रतिबद्ध छौँ,’ उनले भने।

संयुक्त राष्ट्र संघका शीर्ष मानवीय सहायतासम्बन्धी अधिकारी मार्टिन ग्रिफिथ्सले संकटग्रस्त देशमा स्वास्थ्य सेवा प्रणालीलाई सहयोग गर्न आपतकालीन कोषबाट ४५ मिलियन अमेरिकी डलर जारी गर्ने घोषणा गरेका छन्।

‘अफगानिस्तानको स्वास्थ्य सेवा वितरण प्रणालीलाई बिग्रन दिनु विनाशकारी हुनेछ। देशभरका मानिसहरू प्राथमिक स्वास्थ्य सेवाजस्तै आपतकालीन सिजेरियन सेक्सन र आघात हेरचाहको पहुँचबाट वञ्चित हुनेछन्,’ ग्रिफिथ्सले भने।