१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : ५४ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्‍न, डोल्पामा निर्वाचन अधिकृत खटाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:o८:oo

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबारबाट ५४ स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारबाट ६४ जिल्लामा स्थानीय तहको निर्वाचन सुरु भएको हो। 

निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बाँकी १० जिल्लामा लगातार निर्वाचन हुने र १६ असोजभित्र पालिका अधिवेशन सम्पन्न हुने नयाँ पत्रिकालाई जानकारी दिए। त्यसबाहेक बाँकी १३ जिल्लामध्ये हिमाली जिल्ला डोल्पामा निर्वाचन निर्वाचन गर्न निर्वाचन अधिकृत खटाइएको छ।

‘हिमाली जिल्लामा निर्वाचन गर्ने सहमतिअनुसार वडा तहदेखि अधिवेशन सम्पन्न गर्न चन्द्र लुइँटेललाई निर्वाचन अधिकृतको रूपमा खटाइएको छ,’ उनले भने। त्यसबाहेक १२ जिल्लाको सन्दर्भमा भने पुनर्तालिकीकरण गरेर निर्वाचन तालिका सार्वजनिक गरिने उनले जानकारी दिए।

‘डोल्पाको रोक्न नमिल्ने भएकाले पुरानै कार्यतालिकाअनुसार निर्वाचको प्रक्रिया सुरु भयो । बाँकी १२ वटै जिल्लाको विवरण आएपछि पूर्नतालिकीकरण गरेर एकमुष्ट निर्वाचन गराउँछौँ।’