मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार १७:०२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा सामान्य वृद्धि,  वाणिज्य बैंकतर्फ लगानीकर्ताको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार १७:०२:००

बिहीबार सेयर बजार दुई अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकले वृद्धि हुुँदा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकतर्फ सोझिएको छ ।

यस दिन वाणिज्य बैंक समूूहको सूूचक २ दशमलव ४७ प्रतिशतले बढेको छ । फाइनान्स समूूहको सूूचकमा हरियाली छाउँदा बाँकी ११ समूूहको सूूचक नकारात्मक बनेका छन् । आज जलविद्युुत्, निर्जीवन बिमा, विकास बैंकका लगानीकर्ताहरूले गुमाएका छन् । लगानीकर्ताहरूको पछिल्लो समय क्षेत्रगत रूपमा कम्पनीप्रति आकर्षण हुने गरेको देखिन्छ । क्षेत्रगत रूपमा लगानीकर्ताहरू कम्पनीप्रति आकर्षित  हुुँदा प्रश्न उठ्ने गरे पनि  लगानीकर्ताहरू भने  पुँजी बजारमा यस्तो किसिमको कारोबार हुुनुुलाई बजारकै नियम मान्ने गर्छन्।

बजारले करेक्सनको खडेरीलाई पार गरेको छ । करेक्सनपछि बजारले लय समात्नुुले नेप्से सही ढंगलले अघि बढेको संकेत गर्छ । कसैको दबाब र प्रभावले सेयर बजारलाई असर नपर्ने अर्थमन्त्रीको अभिव्यक्तिले लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको छ । बिहीबार नेप्से सूूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलब ६५ विन्दुमा पुुगेको छ । यता  क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स करिब २ प्रतिशतले बढेको छ ।

बजार बढ्दा सेयर खरिद बिक्रीमा भने कमी आएको छ । धितोपत्र र ऋणपत्र गरी २ सय २८ किसिमको  सेयर कारोबार हुुँदा १ करोड ५७ लाख कित्ता एकाइ सेयर खरिद बिक्री हुुन पुुगेको छ । सो परिमाणमा सेयर खरिद बिक्री  हुुँदा ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । वाणिज्य बैंकहरूको सेयर किनबेच गर्नेको संख्या बढेको छ ।  सानीमा बैंकको  ३४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल बैंकको २७ करोड १० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । माछापुुच्छ्रे बैंकको २१ करोड रुपैयाँको कारोबार भएको छ ।

मनकामना लघुवित्तको सर्किट मूल्यमा कारोबार हुुँदा नेपाल बैंक, नेपाल बंगलादेश बैंक र मैलुुङ खोला जलविद्युत् कम्पनीको सेयर मूूल्य बढेको छ । लक्ष्मी बैंक, मल्टी प्रपोज फाइनान्स, लक्ष्मी बैंकको सेयर ३ देखि ५ प्रतिशतसम्मले बढेको छ । त्यसैगरी, हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, अरुण भ्याली  हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको  ४ देखि ५ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको  छ ।