१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोमा पुरिएर तम्घास खानीगाउँका तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:o८:oo

गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीनजनाको ज्यान गएको छ । राति १ बजे रेसुंगा नगरपालिका– ८ खानीगाउँका तिलक परियारको एकतले पक्की घर पहिरोले पुरेको हो ।

पहिरोमा परेर उनका जुम्ल्याहा छोरी १४ वर्षीया गंगा परियार र  जमुना परियार, २१ वर्षीया छोरी भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जनाकारी दिए ।

राति निकै ठूलो पानी परेको थियो । पहिरोले पुरेको सूचना पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईसहित नेपाल प्रहरी र नेपाली सेनाले उद्धार सुरु गरेका थिए ।

ad
ad