मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आज भैरव अर्यालको ८६औँ जन्मजयन्ती, साहित्यिक योगदानबारे विशेष चर्चा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५२:oo

नेपाली हास्यव्यंग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा उनको साहित्यिक योगदानबारे चर्चा गरिएको छ। भैरव पुरस्कार गुठीले आयोजना गरेकोे कार्यक्रममा वक्ताहरूले हास्यव्यंग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उनका रचनाहरू कालजयी भएको बताए।

नेपाली साहित्यबाहेक पत्रकारिताको क्षेत्रमा पनि उनको देन अमूल्य रहेको वक्ताहरूको भनाइ थियो। अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गरे।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदीलगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पारे। सोही अवसरमा भैरव स्मृति भवनमा निर्मित सभाकक्ष तथा अत्याधुनिक पुस्तकालयको बागमती प्रदेशका सभासद् छिरिङदोर्जे लामाले उद्घाटन गरे।

वि.सं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले ४० वर्षको अल्पायुमा ०३३ साल असोज १९ गते देहत्याग गरेका थिए। अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवनलगायतका कृतिहरू लोकप्रिय छन्।