१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अधिकृतका प्रत्याशीहरूको प्रश्न– हामी यहाँ छौँ, नतिजा कहाँ छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:oo:oo

नतिजा रोकिएपछि शाखा अधिकृतका प्रत्याशीहरू दोस्रो दिन पनि धर्नामा बसेका छन्। सर्वोच्च अदालतको आदेशपछि लोकसेवा आयोगले नतिजा रोकेपछि उनीहरू आयोगको कार्यालय कमलपाेखरीमा धर्ना बसेका हुन्।

उनीहरूले ‘हामी यहाँ छौँ, नतिजा कहाँ छ ?’, ‘कर्मचारी व्यवस्थापनमा केन्द्रीय निकायको अभिभावकीय भूमिका खै ?’, ‘लोकसेवा कि रोकसेवा ?’ लगायतका नारा लेखिएका प्लेकार्डसहित अहिले धर्ना दिइरहेका छन्। 

आर्थिक वर्ष ०७६/७७ को नियमित विज्ञापनअन्तर्गत ०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तर्वार्ताको अन्तिम नतिजा कुरिरहेकाहरूले धर्ना सुरु गरेका हुन्।

नतिजा स्थगित हुँदा मर्कामा परेकाले अन्तिम सिफारिस गर्न दबाब दिने उद्देश्यले शान्तिपूर्ण धर्ना थालेको उनीहरूले बताएका छन्। धर्नामा सहभागी कमल सुवेदीका अनुसार असोज ४ देखि ६ गरी तीन दिनसम्म धर्ना निरन्तर रहनेछ।

०७८ भदौ ८ मा सबै चरणका परीक्षाहरू सम्पन्न भई अन्तिम नतिजा प्रकाशनको चरणमा रहेकोमा अदालतको अन्तरिम आदेशपछि सबै प्रक्रिया रोकिएको  थियो।

ad
ad