१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपप्रमुखको सम्पत्ति विवरण नपठाएको भन्दै निकालिए अधिकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:१३:oo

त्रिपुरासुन्दरी नगरपालिकाका सूचना प्रविधि अधिकृत हेमन्त बोहोरा जागिरबाट निकालिएका छन् । नगर उपप्रमुख चन्द्राकुमारी बुढाको सम्पत्ति विवरण फारम राष्ट्रिय सतर्कता केन्द्रमा नपठाएको भन्दै उनलाई जागिरबाट निकालिएको हो ।

राजनीतिक र व्यक्तिगत रिसइबी साँधेर जागिरबाट निकालेको भन्दै माओवादी केन्द्र नगर कमिटीले आइतबार बोहोराको पुनर्बहाली र प्रमुख प्रशासकीय अधिकृतलाई कारबाहीको माग राखेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले पटक–पटक जागिरबाट निकाल्ने गरेको र जनप्रतिनिधिको दबाबमा फेरि पुनर्बहाली गर्ने गरेकोमा यसपटक आफ्नो जिम्मेवारी पूरा गरिरहेको कर्मचारीलाई विनाकारण जागिरबाट निकालिएको विज्ञप्तिमा उल्लेख छ । 

ad
ad