मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल संसद् अभ्यास : गोरखामा बालबालिकालाई 'सांसद'देखि 'प्रधानमन्त्री'सम्म बनाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

गोरखा नगरपालिकाभित्रका बालबालिकाको क्षमता विकास गर्नका साथै नेपालको संसदीय व्यवस्थालाई बुझाउन बाल संसद् अभ्यास कार्यक्रम आयोजना गरिएको छ। गोरखा नगरपालिकाको आयोजनामा शनिबार बाल संसद् अभ्यास कार्यक्रम भएको हो।

कार्यक्रममा बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाएका थिए । उनीहरूले. सदनमा नगरपालिकाभित्रका विकास निर्माणका कार्यहरु, सडकको अवस्था, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकारलगायतका विषयमा आआफ्ना धारणा तथा प्रश्नहरू राखेका थिए । सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो ।

बाल संसद् अभ्यासका प्रशिक्षक अनिल रानामगरले सदनमा सहभागीहरूले मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिनेलगायतका कुरा सिकाएका थिए।

संसदीय व्यवस्थामा जनताको नाममा प्रवाह हुने सेवाका बारेमा जानकारी दिन बाल संसद् अभ्यासले धेरै सहयोग पुग्ने नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख विजयभक्त उपाध्यायको भनाइ छ । गोरखा नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान जारी रहेको र यो वर्ष नगरपालिकाभित्रका चारवटा वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी रहेको उनले जानकारी दिए ।