मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा, प्रचण्ड र नेपालसँग बाबुराम भट्टराईको भेटवार्ता, दिए यस्ता पाँच सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३५:oo

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग बिहीबार भेटवार्ता गरेका छन् । छलफलमा भट्टराईले पाँच सुझाब दिएका छन् । 

अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिने, राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्ने, प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउनेलगायतका सुझाब उनले दिएका छन् । 


यस्ता छन् भट्टराईका सुझाब
१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिने 
२. राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्ने 
३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने 
४. गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने 
५. जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने