
युवा कमेडियनहरूले नयाँ हास्य कार्यक्रम ‘ज्याम अप’ सुरु गरेका छन् । कार्यक्रममा यसअघि कमेडी सोहरूमा चलेका कलाकार, फिल्मी स्टार, साहित्यकार, खेलाडी, कमेडियन, समाजसेवीहरूको जीवनका रमाइलो पाटाहरूलाई केलाइनेछ ।
उनीहरूको जीवनमा आधारित रहेर हँसाउने प्रयत्न गरिनेछ । कार्यक्रमको पहिलो शृंखलामा कमेडी च्याम्पियनका प्रतिस्पर्धी सुमन कोइराला, सुमन कार्की र मेक्सन गौडेलले रमाइलो प्रस्तुति दिएका छन् ।
उक्त हास्य कार्यक्रमको प्रस्तोता रीतिका खरेल र अन्य कलाकारहरूमा कुमारमणि गजुरेल, रुकमिला अधिकारी रहेका छन् । कार्यक्रममा संगीत संयोजन अनोज चित्रकार, विवेक थापा र सागर तामाङले गरेका छन् ।
कार्यक्रमको छायांकनमा सुशील बाँस्कोटा, रोशन थापा, नीलकमल मोक्तान रहेका छन् । कार्यक्रमको दृश्य सम्पादन विष्णु काफ्लेले गरेका छन् । उक्त कार्यक्रमको पहिलो शृंखला युट्युबमा राखिएको छ ।