१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३० बुधबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३० बुधबार o६:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप : ओमानसँग नेपाल पाँच विकेटले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३० बुधबार o६:१३:oo

नेपालले पहिलो ब्याटिङ गर्दै ४७.४ ओभरमा एक सय ९७ रनको टार्गेट दिएको थियो यसमा ओमानले केवल ३१.१ ओभरमै पाँच विकेटको क्षतिमा दुई सय रन बनायो 

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत मंगलबार दोस्रो खेलमा ओमानसँग नेपाल पाँच विकेटले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा एक सय ९६ रनमा समेटियो । ओमानले केवल ३१.१ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय रन बनायो । विक्रम सोवको २.१ ओभरमा मोहमद नदिमले विजयी छक्का प्रहार गरेका हुन् । नदिमले ६५ बलमा ३८ रनको नटआउट योगदान दिए । 

ओमानको सानदार जितमा ओपनर जतिन्दर सिंहको शतकीय इनिङ्स मुख्य रह्यो । जतिन्दरले करिअरकै पहिलो शतकीय इनिङ्स खेल्दा ६२ बलमा १२ चौका र ६ छक्का प्रहार गरी एक सय सात रनको योगदान दिए । इनिङ्सको २५.३ ओभरमा उनी रोहितद्वारा उत्कृष्ट क्याचआउट भए । जतिन्दरले ओमानको जित आधार बनाइसकेका थिए । उनले आयन खान (१८) सँग दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरे । जतिन्दरले पहिलो दश ओभरमा नेपाली अनुभवी बलरविरुद्ध आक्रामक देखिए । 

उनले लक्ष्य पछ्याएको इनिङ्सको दोस्रो ओभरमा नेपालका तीव्र गतिका बलर विक्रम सोबविरुद्ध दुई चौका र एक छक्कासहित १८ रन बटुले । यसैगरी पावर प्लेको पाँचौँ ओभरमा जतिन्दरले सोमपाल कामीविरुद्ध तीन चौका र तीन छक्का प्रहार गर्दै एकै ओभरमा ३० रन खोसे । अंक तालिकामा नेपालले पाँच खेलबाट तीन जित निकाली ६ अंक जोडेको छ । ओमानले १० खेलमा सर्वाधिक १६ अंक बटुली शीर्ष स्थान बलियो बनाएको छ । 

 ओपनर आसिफको उत्कृष्ट प्रदर्शन 
पहिलो ब्याटिङ गरेको नेपालको मध्यक्रमको ब्याटिङ लाइन अप नचल्दा ओमानले सहज लक्ष्य पाएको हो । नेपालको ब्याटिङ इनिङ्समा केवल ओपनर आसिफ सेखले मात्र उत्कृष्ट प्रदर्शन गरे । उनी एकदिवसीय करिअरकै पहिलो शतकीय इनिङ्स खेल्नबाट दश रनले चुके । आसिफ सर्वाधिक ९० रनमा आउट भए ।

उनले एक सय १२ बलमा सात चौका र एक छक्का प्रहार गरे । आसिफले २.४ ओभरमा खाता नखोल्दै जीवनदान पाएका थिए । मोहम्मद नदिमले आसिफको क्याच ड्रप गरेका थिए । आसिफ ३६.३औँ ओभरमा ओमानका फास्ट बलर विलाल खानको योर्कर बलमा बोल्ड भएका हुन् ।

आसिफ क्रिजबाट हट्दा नेपाल १५५–७ को स्थितिमा थियो । त्यसपछि नेपालले ४१ रन खर्चदा तीन विकेट गुमायो । नेपालले अन्तिम विकेटका रूपमा अलराउन्डर करण केसीलाई गुमाएको हो । करणले ४८ बल सामना गरी समान एक चौका र एक छक्का प्रहार गरी २१ रन जोडे । अन्तिम विकेटका लागि करण र सुशान भारीले २३ रनको साझेदारी गरे । दशौँ क्रमका ब्याटिङ गरेका सन्दीप लामिछानेले १० बलमा एक चौका र एक छक्का ठोक्दै १६ रनको योगदान दिए ।