मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
एलिनर सल्टर
२०७८ भदौ २९ मंगलबार १०:५२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जीवन छोट्याइरहेको वैश्विक पेट्रोलियम पुँजीवाद

Read Time : > 2 मिनेट
एलिनर सल्टर
२०७८ भदौ २९ मंगलबार १०:५२:००

एक नयाँ प्रतिवेदनअनुसार वायु प्रदूषणले औसतमा विश्वभरिका मानिसको मृत्यु दुई दशमलव दुई वर्षअगाडि नै गराइरहेको छ । यो प्रतिवेदनका लागि शोधकर्ताले एयर क्वालिटी लाइफ इन्डेक्स सञ्चालन गर्ने सिकागो विश्वविद्यालयबाट तथ्यांक लिएका हुन् । इन्डेक्सले घटिरहेको उमेर र दूषित हावालाई ‘क्वान्टिफाई’ गर्छ अर्थात् मात्रात्मक बनाउँछ । इन्डेक्सको आँकडाअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको शुद्ध हावाको मात्रा अर्थात् अंक १० मा सीमित राख्न सके संसारभरि कुल १७ अर्ब वर्षको उमेर जोगाउन सकिनेछ । यथार्थमा अवस्था चिन्ताजनक छ । विश्वका जनसंख्याले मापदण्डभन्दा तीन गुणा अर्थात् ३२ अंकको वायु प्रदूषण झेलिरहेका छन् ।  

   के होला त प्रदूषणको मुख्य कारण ? निसंकोच पेट्रोलियम इन्धन, विशेषतः कोइला । ‘संसारका अधिकांश भागमा कोइला सबैभन्दा ठूलो प्रदूषक हो,’ सो प्रतिवेदनका सहलेखक प्राध्यापक मिसेल ग्रिनस्टोनले द गार्जियनलाई बताए । प्राध्यापक ग्रिनस्टोन थप्छन्, ‘यदि वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य खतरालाई मात्रै हेर्ने हो भने पनि कोइलाले विश्वका अधिकांश भागमा महत्व पाउँदैनथ्यो होला ।’ अनुसन्धानले स्पष्ट रूपमा पेट्रोलियम इन्धनले जलवायु संकट एवं वायु प्रदूषण निम्त्याउने खतरालाई औँल्याएको छ ।

प्रतिवेदनले ‘वाइल्ड फायर फिडब्याक लुप’ (डढेलो प्रतिक्रिया चक्र) को पहिचान गरेको छ, जहाँ पेट्रोलियम इन्धन खपतले सारमा प्रदूषण गराउँछ र हरितगृह ग्यास उत्सर्जन पनि गराउँछ । यही हरितगृह ग्यास उत्सर्जनले डढेलो बढाउने काम गर्छ र अन्ततः डढेलो प्रतिक्रिया चक्रलाई थप बल पु¥याउने गरी डढेलोले प्रदूषण एवं हरितगृह ग्यास उत्सर्जन गराउँछ । त्यसबाहेक विश्वका हरेक नागरिकको वायु प्रदूषणले हुने हानि–नोक्सानीको मापन समान रूपमा भएको छैन । झन् औद्योगीकरण भइरहेको विकासशील मुलुकका जनता प्रदूषणको अत्यधिक जोखिममा छन् । उदाहरणका लागि इन्डेक्सले सन् २०१९ कै वायु प्रदूषण रहिरहने हो भने उत्तर भारतका गंगा मैदानका करिब ४८ करोड जनताले औसतमा नौ वर्षको उमेर गुमाउनेछन् भने लन्डनका जनताले केही महिनाको उमेर गुमाउनेछन् । यस तथ्यांकले वैश्विक पेट्रोलियम पुँजीवादमा जीवन एवं मृत्युको भयानक यथार्थलाई सतहमा ल्याइदिएको छ ।  

केही मुलुकमा वातावरणीय अवस्थामा सुधार देखिएको छ । चीनले सन् २०१४ मा घोषणा गरेको ‘प्रदूषणविरुद्धको युद्ध’ले सन् २०१३ देखि २०१९ सम्म २९ प्रतिशत प्रदूषण घटाएको थियो । यस उपलब्धिलाई इन्डेक्स प्रतिवेदनले प्रशंसा गरेको छ, किनभने यो गिरावटको अर्थ विश्वकै एकतिहाइ वायु प्रदूषणमा कमी हुनु हो । यद्यपि वायु प्रदूषणले अहिले पनि चिनियाँको औसत जीवन दुई दशमलव ६ वर्षले घटिरहेकै छ । कोइलामा आश्रित उद्योग सञ्चालनमा गरिएको कडाइ, फलाम एवं स्टिल उत्पादनमा सुधार र सहरमा कारको संख्या कटौतीमा कडा नीतिका कारण चीन वायु प्रदूषण कमी ल्याउन सफल भएको हो ।  

प्रतिवेदनको नतिजाले वैश्विक उत्तर (ग्लोबल नर्थ) मात्रै नभई सारा विश्वभरि पेट्रोलियम इन्धनको विकल्पमा ध्यान दिन सुझाएको छ । यद्यपि विश्व तापमान वृद्धि रोक्न एवं वायु प्रदूषण नियन्त्रण गर्न विकासशील मुलुकमा हरित रूपान्तरणका लागि वित्तीय अनुदान एवं सहयोग विकसित मुलुकको ऐतिहासिक दायित्व हो । यस्तो सहयोगले हालको वैश्विक संरचनागत असमानता र यससँग जोडिएको वैश्विक उत्तरको उपनिवेश एवं दासत्वबाट आर्जित अकुत धनको अन्यायको क्षतिपूर्ति हुनेछ ।

वार अन वान्टको एक आकलनअनुसार वैश्विक तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमै सीमित राख्न बेलायतको हिस्सामा करिब १० खर्ब पाउन्ड सहयोग राशीको जिम्मेवारी देखिन्छ । यद्यपि, जलवायु परिवर्तन नियन्त्रणका लागि भएको वित्तीय सहयोग निकै कम रहेको छ । जलवायु परिवर्तनको नतिजासँग सामना गर्न एवं जलवायु संकटको रोकथामका लागि सन् २०१० मा संयुक्त राष्ट्रको जलवायुसम्बन्धी सम्मेलनमा विकसित मुलुकले संयुक्त रूपमा हरेक वर्ष एक खर्ब डलरबराबर रकमको प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता जनाएको रकम पनि पूर्ण रूपमा सहयोग भएको छैन र सहयोग नियमन प्रक्रिया पनि निकै जटिल छ । 

आर्थिक विकास तथा सहयोग संगठन (ओइसिडी) का अनुसार सन् २०१८ सम्ममा ७८ अर्ब ९० करोड सहयोग भएको छ, यद्यपि यो आकडालाई थुप्रै शोधकर्ताले चुनौती दिएका छन् । यता विकासशील मुलुकका आवश्यकता दिनप्रतिदिन बढ्दै गइरहेका छन् । इन्डेक्सले विश्वकै प्रदूषित मुलुक भनेर इंगित गरेको भारतमा मात्रै जलवायु परिवर्तन नियन्त्रणका लागि सन् २०३० भित्र २५ खर्ब डलर आवश्यक देखिन्छ । ऊर्जामा रूपान्तरण एवं कृषि, वन, जलस्रोत एवं पारिस्थितिक प्रणालीको अनुकूलन सबैभन्दा महत्वपूर्ण दायित्व हुन् ।            

   प्रदूषित वायुको असर वैश्विक दक्षिणलाई मात्रै भइरहेको छैन । उल्लेख्य सुधारका बाबजुद पनि इन्डेक्सका अनुसार युरोपका दुईतिहाइ जनता विश्व स्वास्थ्य संगठनको वायु प्रदूषणको मापदण्डभन्दा बढी प्रदूषण झेलिरहेका छन् । अब संसारभरिको विषाक्त वायुलाई विषमुक्त बनाउन विश्वले जलवायुसँग सम्बन्धित कडा पहलकदमी लिन आवश्यक छ । यसका लागि पहिलो कदम वैश्विक दक्षिणलाई हरित रूपान्तरणका लागि वित्तीय सहयोगको प्रत्याभूति गराउनु हो । 
ट्रिब्युनम्यागबाट (सल्टर लेखक एवं जलवायु अभियन्ता हुन्)