मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको आदेशपछि शाखा अधिकृतको नतिजा स्थगित, पदपूर्ति अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

सर्वोच्च अदालतको आदेशपछि लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) तर्फको नतिजा प्रकाशन स्थगित भएको छ। आयोगले सूचना निकालेर आर्थिक वर्ष ०७६/७७ मा प्रकाशित विज्ञापन नम्बर १६६९४ देखि १६७०० सम्मको खुला तथा समावेशीतर्फको अन्तर्वार्ताको नतिजा स्थगित गरेको हो।

आयोगले सोमबार सूचना निकालेर भदौ २५ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गरेको अन्तरिम आदेश कार्यान्वयनका लागि स्थगित गरिएको जानकारी दिएको छ। साउन २५ मा न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले तल्लो तहमा समायोजन भएका अधिकृतको रिटमा सुनुवाइ गर्दै संघमा पदहरू रिक्त हुँदाहुँदै तल्लो तहमा समायोजन गरिएको भन्दै प्रशासनतर्फका ३४ अधिकृतलाई संघमा समायोजन गर्न आदेश दिएको थियो। यससँगै आयोगले ३४ जनाको कोटा काटेर नतिजा प्रकाशनको तयारी गरेको थियो। 

आदेशविरुद्ध अर्को रिट परेपछि प्रधानन्यायाधीश जबराको इजलासले अन्तरिम आदेश कार्यान्वयनलाई यथास्थितिमा राखेर यसबारेका सबै मुद्दालाई पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि नयाँ बन्ने अधिकृतहरूमा अन्याेल देखिएको छ। आयोगले संसद्, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फका सबै नतिजा स्थगित गरेको जनाएको छ।