मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ २८ सोमबार १२:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनआरएनएको निर्वाचन स्थगित

Read Time : < 1 मिनेट
२०७८ भदौ २८ सोमबार १२:१६:००

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन हुने भएका छन् ।

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेको भन्दै त्यस सम्बन्धमा छानबिन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ। मन्त्रालयको निर्देशनपछि संघको आगामी अक्टोबर २३–२५ मा हुने १०औँ महाधिवेशन अनिश्चित बनेको छ ।
    
विभिन्न देशबाट महाधिवेशनमा भाग लिने प्रतिनिधि विधानविपरीत सिफारिस गरेको भनी संघका तीन सदस्यले मन्त्रालयमा निवेदन दिएपछि त्यसको अनुगमन गर्न मन्त्रालयको नीति योजना विकास कूटनीतिक तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेकाे पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको सो समितिले आफ्नो प्रतिवेदन पेस नगरेसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गरिएको जनाइएको छ । 
    
परराष्ट्रको पत्र आएपछि आइतबार नै संघका पदाधिकारी (आइइएस)को बैठक बसी यस विषयमा सरकारसँग संवाद गर्ने निर्णय गरेको संघका उपाध्यक्ष रविना थापाले जानकारी दिइन् ।