१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

महिला फुटबल : बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:२७:oo

बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण महिला फुटबलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोलरहित बराबरीमा रोकेको हो ।

पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा नेपाललाई बराबरीमा रोकेको हो । गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि जमेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । नेपालका अधिकांश प्रयासलाई बंगलादेशको डिफेन्सलाइनले विफल पारेको थियो ।

सुरुवात आक्रामक गरेका दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न चुकेका थिए । पानी परेपछि केही चिप्लो भएको मैदानमा दुवै टोलीको बल नियन्त्रणमा केही असहज भएको थियो । यद्यपि, सम्हालिएको प्रदर्शन गरेका दुवै टोलीले गोलका लागि केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । 

‘एएफसी महिला एसियन कप–२०२२’ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुँदै छ । 

छनोट खेलमा नेपाल समूह एफमा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली भारतमा हुने प्रतियोगिताका लागि छनोट हुनेछ ।

ad
ad