१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२१४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:o८:oo

दुई सय १४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ। जीर्णोद्धार सम्पन्न मन्दिरको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्। मेयर शाक्यले वडा– २१ को सवल बहालमा रहेको उक्त मन्दिरको शनिबार उद्घाटन गरेका हुन्।

उद्घाटनपछि सम्बोधन गर्दै शाक्यले महानगरले नासः मन्दिर यो क्षेत्रको ऐतिहासिक सम्पदा रहेको बताए। उनले कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्द्धनको अभियानमा योजना बनाएर अगाडि बढेको बताए।

कार्यक्रममा नासः मन्दिर जीर्णोद्धार कमिटीका अध्यक्ष लक्ष्मीनारायण पोडेले मन्दिर नेपाल सम्वत् ९२७ अर्थात् वि.संं १८६४ मा निर्माण भएको जानकारी दिए।

ad
ad