१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Sunday, 06 July, 2025
२o७८ भदौ २५ शुक्रबार २२:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय संरचनामा माओवादी केन्द्र : स्थानीय तहलाई कार्यकारी अधिकार र जिल्लामा समन्वय समिति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार २२:o२:oo

नेकपा (माओवादी केन्द्र) खोटाङले जिल्ला कार्यसमितिलाई विघटन गरेर संघीय संरचनाअनुसार पार्टीलाई रूपान्तरण गरेको छ । मुलुकमा संघीयता लागू भएर तीन तहको सरकार सञ्चालन भएको लामो समय बितिसक्दा पनि जिल्लास्थित राजनीतिक दलहरू पुरानै संरचनामा सञ्चालन भइरहेको अवस्थामा माओवादी केन्द्र खोटाङले जिल्लामै पहिलोपटक आफ्नो पार्टीलाई संघीय संरचनाअनुसार रूपान्तरण गरेको हो । 

माओवादीको यही २२ र २३ भदौमा बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले स्थानीय तहमा गठन गरिने पालिकास्तरीय समितिलाई कार्यकारी अधिकारसहित सशक्त बनाउने र जिल्लामा समन्वय समितिको भूमिकामा सानो समिति मात्र बनाउने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले आगामी दिनमा संघीयताको मूल मर्मअनुसार आफूहरूको पार्टी संगठन पनि जोडिएर आउने बताए । 

पार्टीको पहिलो विस्तारित पूर्ण बैठकले जिल्ला समन्वय समितिको संयोजकमा तत्कालीन अध्यक्ष पृथ्वीलाई नै तोकेको छ भने दशवटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारीसमेत तोकेको छ । पार्टी केन्द्रीय समितिले जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ र सहइन्चार्जमा ध्रुव बुढाथोकी ‘धीरण’लाई तोकेको थियो । 

दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिकाको इन्चार्जमा सुरेश राई, सहइन्चार्जमा होमकाजी आचार्य ‘विनोद’, जयप्रकाश राई, सन्तोष राई, माधव राई, विकास राई र बलराम राईलाई चयन गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । नगर समिति अध्यक्षमा बिसन राई र सचिवमा युगसन किराँत चयन भएका छन् । 

हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा जीवन राई ‘संगीन’, सहइन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ र चइन्द्र राई ‘आक्रोश’, अध्यक्षमा राजुबिक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन भएका छन् । ऐँसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज, सिरिमबहादुर राईलाई सहइन्चार्ज, अगमसिं राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ । 

रावाबेँसी गाउँपालिकामा सीताराम अधिकारी ‘भूमि’ले इन्चार्ज, लीला श्रेष्ठ (सविन) र रामबहादुर राईले सहइन्चार्ज, राजन मगरले अध्यक्ष र सीता कटवालले सचिवको जिम्मेवारी पाएका छन् । केपिलासगढी गाउँपालिकाको इन्चार्जमा मनकुमारी रसाइली ‘रश्मि’ इन्चार्ज, रुद्र राई सहइन्चार्ज, साङ्गे शेर्पा अध्यक्ष र विष्णु राई ‘जिज्ञासा’ सचिवमा चुनिएका छन् । 

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दीपक पाण्डे ‘आकाश’ इन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरुकुमार राईले सहइन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दीपक पौडेलले सचिवको जिम्मेवारी पाएका छन् । खोटेहाङ गाउँपालिकामा उदिम राई ‘मुक्ति’ इन्चार्ज, इन्द्र नाराथुंगे सहइन्चार्ज, दीपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजीलाई सचिव बनाइएको छ । 

बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, दुर्गाबहादुर राई सहइन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बनेका छन् । जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज, वीरबल किराँती र केदार राईले सहइन्चार्ज, बद्री राईले अध्यक्ष र विकास भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् ।  

साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झंकार’ इन्चार्ज, बिर्सिका राई सहइन्चार्ज, नवीन राई अध्यक्ष र मोहन खत्रीलाई सचिवको जिम्मेवारी दिइएको माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय पार्टी निर्देशनअनुसार जिल्लास्थित सबै जनवर्गीय संगठनहरूको समेत जिम्मेवारी तोकिने संयोजक पृथ्वीले बताए ।