१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format o८:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना र सडक सास्तीले तातोपानी भन्सारको राजस्व संकलन लक्ष्यभन्दा निकै कम

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format o८:३o:oo

तातोपानी भन्सारले तय गरेको राजस्व संकलनको वार्षिक लक्ष्यमा कोरोना कहर र जीर्ण कोदारी राजमार्गको बिग्रँदो अवस्थाले नकारात्मक प्रभाव पारेको पाइएको छ । लार्चास्थित तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयले दिएको जानकारीअनुसार राजस्व असुली लक्ष्यभन्दा निकै कम भएको छ । ‘एकातिर कोरोना महामारीले आयात नराम्रोसँग प्रभावित भयो भने अर्कोतिर कोदारी राजमार्गको दूरावस्थाले खासा आउने सामान अन्यत्र डाइभर्ट भयो,’ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले मितेरीपुल आएका सामान राम्ररी ढुवानी गर्न नसकेको बताउँदै भने, ‘चिनियाँ अधिकारीले खासा आइपुगेका सामान नेपालपट्टि पठाउन पनि ढिलासुस्ती गरे ।’

आर्थिक वर्ष ०७७/७८ का लागि तातोपानी भन्सारले पाँच अर्ब ४७ करोड ९५ लाख ५४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, पाँच भागको एक भाग मात्रै राजस्व संकलन भएको गौतमले बताए । भन्सारमा रेकर्ड डाटाअनुसार एक अर्ब दुई करोड ६० लाख छत्तीस हजार तीन सय ३९ मात्रै राजस्व असुली भएको छ ।

साउनमा तीन करोड ४८ लाख १६ हजार पाँच सय ७१, भदौमा एक करोड ३१ लाख ७५ हजार ६ सय ४९, असोजमा एक करोड ४९ लाख १६ हजार तीन सय ९५, कात्तिकमा दुई करोड ८५ लाख १४ हजार दुई सय ५३, मंसिरमा आठ करोड ३२ लाख २५ हजार आठ सय तीन, पुसमा २१ करोड ६७ लाख ३४ हजार दुई सय पाँच, माघमा नौ करोड १५ लाख ७० हजार आठ सय १४, फागुनमा तीन करोड ३६ लाख ४८ हजार चार सय ७८, चैतमा १९ करोड ९० लाख ७२ हजार सात सय ४३, वैशाखमा नौ करोड ७२ लाख ३९ हजार तीन सय ९७, जेठमा नौ करोड ९२ लाख १९ हजार आठ सय ७२ र असार महिनामा ११ करोड ३९ लाख दुई हजार एक सय ५३ राजस्व असुली भएको छ । कोदारी राजमार्गको लिपिङमा पुल भत्केकोले तीन महिनादेखि सडक अवरुद्ध छ । बर्खाको भेलले ठाउँठाउँमा सडक बिग्रेकोले दसैँका लागि नेपाली व्यापारीले चिनियाँ सहरमा खरिद गरेका अधिकांश सामान छिमेकी मुलुक भारतको बाटो भएर आउँदै छ । 

तातोपानी नाकाबाट मुख्य १० सामग्री आयात
कोरोना महामारीबीच नेपाली व्यापारीले चीनबाट सामान खरिद गरेका छन् । आव ०७७/७८ मा चीनबाट खासा हुँदै नेपाल आइपुगेका १० मुख्य सामग्रीको परिमाण र मूल्य हेर्दा विगतमा भन्दा निकै कम सामग्री आयात भएको पाइएको छ ।  प्रमुख भन्सार अधिकृत गौतमले ती दश मुख्य सामग्रीको परिमाण र मूल्य यसरी सुनाए । ५२ करोड ६७ लाखको तयारी कपडा ४२ लाख ९८ हजार सात सय २३ युनिट, एक अर्ब २२ करोड ८५ लाख मूल्यको स्याउ एक करोड ६५ लाख ७८ हजार चार सय १४ केजी, १९ करोड ४५ लाखको मेडिकल मास्क पाँच करोड ८५ लाख १६ हजार तीन सय ४० युनिट, १३ करोड ४६ लाखको ओखर चार लाख ३९ हजार ७२ केजी, सात करोड २३ लाखको लेडिज सेन्डल, चार करोड ६५ लाखको रबर र प्लास्टिकका जुत्ता, चार करोड पाँच लाखको डम्फर, ६ करोड ४२ लाखको ट्रेलर, पाँच करोड ५८ लाखको सुती कपडा र पाँच करोड ४६ लाख मूल्यको चार लाख ५२ हजार चार सय ५० केजी लसुन आयात भएको छ । यस अलावा कोरोना महामारीको दोस्रो लहर सुरु हुनसाथ निजी क्षेत्र र अनुदानबापतको झन्डै ३० हजार थान अक्सिजन सिलिन्डर पनि तातोपानी नाकाबाट नेपाल भित्रिएको थियो । तर, स्वास्थ्य सामग्रीलाई राजस्व छुट थियो ।