
नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्स दुई संस्थाबीच सरल र सहज रूपमा इन्स्योरेन्सको काम गर्ने विषयमा समझदारी भएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
महासंघका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै देशभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरल रूपमा बिमा गरी व्यावसायिक लाभ लिन सक्नेछन् । देशभरका सबै जिल्ला तथा नगर एवं एसोसिएट्स सदस्यले कम्पनीको कुनै पनि शाखाबाट यो सुविधा लिन सक्ने उनले बताए ।
कर्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले दुई संस्थाबीच भएको समझदारीले सुनचाँदी व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरू लाभान्वित हुने धारणा व्यक्त गरे । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दुई संस्थाबीच भएको समझदारी र त्यसबाट व्यवसायीले लिन सक्ने लाभका बारेमा प्रकाश पारेका थिए ।