१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका साउ पाउलो
२o८१ बैशाख २४ सोमबार o८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, साउ पाउलो
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o४:oo

विश्व फुटबलमा अर्जेन्टिना र ब्राजिल एक–आपसका कट्टर दुस्मन हुन् । यी दुईबीचको खेल सधैँ तनाव र प्रतिस्पर्धात्मक हुन्छ । अझ विश्वकप छनोट हुनुपर्छ, दुवै टोली फरक स्तरमा प्रतिस्पर्धा गर्छन् । यसकारण ब्राजिल र अर्जेन्टिनाबीचको खेल सधैँ तनावपूर्ण र रोमाञ्चक बन्ने गर्छ । 

२०२२ को कतार विश्वकप छनोटअन्तर्गत सोमबार ब्राजिल र अर्जेन्टिना एक–आपसमा प्रतिस्पर्धा गरेका थिए । खेल चलिरहेको पाँचौँ मिनेटमै दुवै टोलीका खेलाडीबीच विवाद भयो । यसपटकको विवाद भने गोल वा खेलाडीबीचको झडपको विषयमा थिएन । खेलाडीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भनी विवाद भएको थियो । ब्राजिलले अर्जेन्टिनी टोलीमाथि यस्तो आरोप लगाएको हो ।

ब्राजिलले अर्जेन्टिनाका चार खेलाडीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका कारण खेलमा सहभागी हुन नदिने निर्णय ग¥यो । अर्जेन्टिनाले आफ्ना चार खेलाडीविना खेलमा सहभागी नहुने अडान लियो । म्याच अफिसियल र खेलाडीबीच चर्काचर्की भयो । त्यसपछि दक्षिण अमेरिका फुटबल महासंघले खेल नै स्थगित भएको जानकारी दियो । 

फुटबलको सर्वोच्च निकाय फिफाले यसलाई फुटबलकै घिनलाग्दो दिनका रूपमा प्रतिक्रिया दिएको छ । लाखौँ फुटबल समकर्थले यस घटनालाई दुखद मानेको फिफाले जनाएको छ । ‘ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित हुँदा हामीलाई दुःख लागेको छ, अझ लाखौँ फुटबलप्रेमी झनै निराश बने,’ फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ब्राजिल र अर्जेन्टिनी फुटबल समर्थक आज एक रोमाञ्चक खेल हेर्नबाट वञ्चित भए ।’ 

ब्राजिलले अर्जेन्टिनाका चार खेलाडीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका कारण खेलमा सहभागी हुन नदिने निर्णय गर्‍यो । अर्जेन्टिनाले आफ्ना चार खेलाडीविना खेलमा सहभागी नहुने अडान लियो । म्याच अफिसियल र खेलाडीबीच चर्काचर्की भयो ।

यी खेलाडीमाथि मापदण्ड पालना नगरेको आरोप
अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेज, जिओभानी लो सेल्सो, क्रिस्टियन रोमेरो र एमिलियानो बुएन्डियाले कोरोना भाइरसको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोप ब्राजिलियन पक्षले लगाएको छ । यी चारै खेलाडी इंग्ल्यान्डमा सञ्चालन भइरहेको इंग्लिस प्रिमियर लिगमा आबद्ध छन् । विश्वकप छनोट भएकाले चारै खेलाडी सीधै राष्ट्रिय टोलीमा आबद्ध भए ।

ब्राजिलले विदेशबाट आएका जोकोहीलाई कम्तीमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ । यो नियम पालना नगरेसम्म खुला रूपमा हिँडडुल गर्न नदिने ब्राजिलियन सरकारले नियम लगाएको छ । फेरि ब्राजिलले इंग्ल्यान्डमा रहेका व्यक्तिलाई झनै कडा नियम बनाएको छ ।इंग्ल्यान्डको लिगमा आबद्ध भएका अर्जेन्टिनी खेलाडीले १४ दिनको क्वारेन्टाइन पालना नगरेको ब्राजिलियन टोलीको दाबी छ ।

ad
ad