नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंस्को अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ग्राहक योजना ल्याएको छ । कम्पनीले दसैँ–तिहारभरिका लागि ‘सुजुकी पर्वोत्सव अफर’ नामक ग्राहक योजना ल्याएको हो ।
योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँबराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, एक वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपयाँसम्म अतिरिक्त छुट पाउने जनाइएको छ । यसका साथै क्लियरेन्स मोडलमा विशेष छुटको व्यवस्था रहेको जनाइएको छ ।
योजना नेपालभरका सुजुकी गाडीका ३८ वटै सोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडलहरूका कारहरूबमोजिम फरक–फरक हिसाबका छुट लागू हुने जनाइएको छ । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, इग्निस, स्विफ्ठ, बलेनो, डिजायर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडलहरू बिक्री–वितरण गर्दै आएको छ ।