मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बंगलादेशी महिला फुटबल टोली नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आइपुगेको छ। यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो।

टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटीका पदाधिकारीलगायतले स्वागत गरे। मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। नेपालले फिलिपिन्ससँग खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ। 

यस्तै, नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ भने  फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।