१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ५ शनिबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘मारवलस मी’को दोस्रो सिजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:२७:oo

फेसन स्टाइलिस्ट सोन्या गुरुङको ‘मारवलस मी’को दोस्रो सिजन बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटेलमा सम्पन्न गरिने भएको छ। कुनै पनि प्रतिस्पर्धीहरूलाई खुला रूपले समावेश गरिने यस सोमा रंग, लिंग, जात, हाइट, तौलको मूल्यांकनमा नभई व्यक्तिविशेषमा रहेको विशेषताको आधारमा प्रतिस्पर्धी छनोट गरिने ‘मारवलस मी’का सञ्चालकले बताएका छन्। 

‘मारवलस मी’ (राम्रो म) भन्ने अर्थमा बुझिन्छ भने सबै व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ। यो प्रतियोगिताबाट उनीहरूका लुकेका प्रतिभालाई विशेष रूपले दर्शकमाझ प्रस्तुत गर्ने तयारी रहेको भोग लस्ट प्रा.लि.की अध्यक्ष र ‘मारवलस मी’ कार्यक्रम संयोजक सिइओ फेसन स्टाइलिस्ट सोन्या गुरुङले बताइन् । यो कार्यक्रममा प्रतिस्पर्धीलाई २० दिनको प्रशिक्षणमा विभिन्न किसिमको क्रियाकलापहरू गराई उनीहरूभित्र लुकेका प्रतिभाको खोजी गर्ने काम हुन्छ। 

ad
ad