१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राष्ट्र बैंकले ल्याएको नीतिले सेयर बजार प्रभावित

लगानीकर्ता भन्छन्- राष्ट्र बैंकले ल्याएको नीतिलाई नसच्याउने हो भने बजार अझै घट्दै जान्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:३८:oo

थप घट्यो सेयर बजार : कारोबारमा आएका सबै समूह नकारात्मक हुँदा १० अर्बभन्दा कमको कारोबार

बुधबार झिनो अंकले लगानीकर्तालाई आस देखाएको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार उच्च अंकले घटेको छ । मौद्रिक नीतिमार्फत १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने राष्ट्र बैंकले ल्याएको नीतिले बजारलाई प्रभावित पारेको लगानीकर्ता बताउँछन् । एक लगानीकर्ता भन्छन् ‘राष्ट्र बैंकले यस नीतिलाई नसच्याउने हो भने बजार अझै घट्दै जान्छ ।’ 

बिहीबार नेप्से परिसूचक ५० दशमलव १३ अंकले घटेर दुई हजार नौ सय २६ दशमलव ८९ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स आठ दशमलव ९० अंकले घटेर पाँच सय ४१ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

बिहीबार कारोबारमा आएका १३ वटै समूहका सूचक नकारात्मक बनेका छन् । जलविद्युत् र फाइनान्स समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यसैगरी, जीवन बिमा, निर्जीवन बिमा समूहको सूचक २ प्रतिशतले घटेको छ ।

नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण काबेली पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सेन्ट्रल फाइनान्स, नयाँ सारथि लघुवित्त वित्तीय संस्था, जीवन बिमालगायत कम्पनीको मूल्यमा गिरावट आउँदा लगानीकर्ता निराश बनेका छन् ।

दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार
दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । बिहीबार मात्र पहिलो कारोबारमा आएको सानिमा लाइफ इस्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तको पनि १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । खानी खोला हाइड्रोपावर कम्पनी, डिप्रोक्स लघुवित्तका लगानीकर्ता नाफा आर्जन गर्न सफल भएका छन् । संस्थाले २० प्रतिशत लाभांश दिने घोषणा गरेसँगै कम्पनीको सेयर सकारात्मक बनेको छ ।

करेक्सन आएसँगै लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्दा सेयर कारोबार रकम पनि कम भएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको एक करोड ८१ लाख कित्ता सेयर–इकाइ किनबेच हुँदा नौ अर्ब ५० करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । 

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको ३३ करोड रुपैयाँ, न्यादी गु्रप पावर कम्पनीको २३ करोड ३१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरी कम्पनीको २० करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

ad
ad