मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १८ बिहीबार
  • Thursday, 01 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १७ बिहीबार १५:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’ प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १७ बिहीबार १५:०२:००

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’ प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो।

महाशाखाले आज बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ भएको घोषणा गरेको हो। उक्त सेवा प्रारम्भ भएसँगै पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले क्यूआर कोड भएको चिट काटेर दिनेछ। त्यही चिटको आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सातै प्रदेशमा प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको उल्लेख गरे। 

केही दिनभित्रैमा ३०/४० वटा बैंकमार्फत पैसा तिर्न सकिने गरी सफ्टवेरमा जोडिने पनि महाशाखाले जनाएको छ । यो प्रविधिको प्रयोगसँगै अब घण्टौँ लाइनमा लागेर पैसा तिर्नुपर्ने बाध्यता रहने छैन। यसरी शुल्क तिर्दा आफूलाई पायक पर्ने ठाउँमा गएर आफ्नो कागजपत्र लिन पाउने व्यवस्थासमेत मिलाइने महाशाखाले जनाएको छ।