१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ५ शनिबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ मा एमालेका १० सांसदले गरे एकीकृत समाजवादीमा सनाखत 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:२३:oo

प्रदेश १ मा एमालेका १० जना प्रदेश सांसदले निर्वाचन कार्यालयमा सनाखत गराएका छन्। बुधबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका १० जना सांसदले एकीकृत समाजवादी पार्टीका लागि आफूलाई सनाखत गराएका हुन्। 

सनाखत गराउने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बू, मोरङकी कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे, सावित्री रेग्मी, पाँचथरका गणेश काङबाङ, उदयपुरकी सुनिताकुमारी चौधरी, शंखुवासभाका सरिता थापा र पदमकुमारी गुरुङ छन्। 

उनीहरू एकैचोटि भेला भएर सनाखत गराउन बुधबार दिउँसो प्रदेश सभामा पुगेका थिए। १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेपछि अब प्रदेश १ मा बहुमतमा रहेका एमालेका ५१ जना सांसदको संख्या अल्पमतमा झरेर ४१ जना पुगेको छ। 

१० जनाले सनाखत गरेसँगै प्रदेश १ मा नवनियुक्त्त मुख्यमन्त्री भीम आचार्यको सरकार प्रस्ट रूपमा अल्पमतमा परेको छ। सनाखतपछि पत्रकारहरूसँग बोल्दै सांसद राजेन्द्र राईले कानुनी प्रक्रियाअनुसार २२ दिनपछि संसदीय दलको नेता चयन गरेर संयुक्त गठबन्धनको सरकार निर्माणको प्रक्रिया थाल्ने बताए। बुधबार मोरङको बुढीगंगा गाउँपालिका- ४  का वडाध्यक्ष रमेश खनाल र ५ का वडाध्यक्ष कासिम मियाँले पनि निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गराएका छन्। 

ad
ad