मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस अधिवेशन : निर्वाचन सामग्रीसहित ५३ जिल्लामा खटिए निर्वाचन अधिकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२३:oo

नेपाली कांग्रेस १४औँ महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ मा तल्लो तह (वडा तह)को अधिवेशन तोकिएको छ। त्यसको तयारीका लागि कांग्रेसलाई तीन दिन मात्रको समय छ। कांग्रेस कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको हो।

केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले तल्लो तहको अधिवेशन कार्यतालिकाअनुसार सोमबार साँझसम्ममा ५३ जिल्लामा निर्वाचन सामग्री पठाइएको जानकारी दिए। 

त्यस्तै, ५३ वटै जिल्लामा निर्वाचन अधिकृतहरूलाई केन्द्रबाट खटाइसकिएको छ। उनले बाँकी जिल्लाको सम्बन्धमा पनि क्रियाशील सदस्यताको विवरण आउने क्रममा रहेको र निर्वाचनको तयारी भइरहेको नयाँ पत्रिकालाई जानकारी दिए। उनले निर्वाचन अधिकृतहरू कोही पुगिसकेको र कोही पुग्ने क्रममा रहेको जानकारी दिए।

‘निर्धारित मितिमा नै अधिवेशन हुन्छ। केही जिल्लाको विवरण टुंगिएर आउने क्रममा छ। तर, त्यसले अधिवेशनलाई असर पार्ने सम्भावना छैन,’ संयोजक यादवले भने, ‘केन्द्रीय समितिले पारित गरेको कार्यतालिकाअनुसार नै निर्वाचन हुन्छ। काबुबाहिरको परिस्थिति आए भन्न सकिँदैन, नत्र निर्धारित समयमा नै सम्पन्न हुन्छन्।’