१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o९:oo

डोरमिट प्रालिद्वारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम आजबाट विधिवत रूपमा सञ्चालनमा आएको छ। विगत आठ महिनादेखि नै ग्राहकको अर्डरअनुसार सामान डेलिभरी सेवा दिँदै आए पनि कम्पनीले कोरोना महामारीका कारण बल्ल आएर औपचारिक रूपमा डोरमिट डटकम सार्वजनिक गरेको हो।

डोरमिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आमउपभोक्ताको आकर्षण बढ्दै गए पनि हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरूले ग्राहकलाई चित्तबुझ्दो सेवा दिन नसकेकाले डोरमिट डटकम सञ्चालनमा ल्याएको बताए।

‘अहिले धेरै इ–कमर्स प्लेटफर्महरू छन्। तर, उपभोक्ताले खोजेजस्तो र भरपर्दो सेवा पाइरहेका छैनन्,’ सापकोटाले भने, ‘त्यसैले हामीले उपभोक्ताले कस्तो खालको इ–कमर्स प्लेटफर्म चाहेका हुन् भन्ने लामो अनुसन्धान र सर्वेक्षणपश्चात्, उपभोक्ताकै सुझाबका आधारमा डोरमिट डटकम सुरु गरेका हौँ  ।’

साना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएको सापकोटाले जानकारी दिए। डोरमिट डटकममा सबै ब्रान्डका विद्युतीय सामग्री, महिला तथा पुरुषका सबैखाले सामग्री, लत्ताकपडा, फर्निचर र दैनिक उपभोग्य सामग्रीदेखि विलासिताका वस्तुसम्म गरी १५ हजारभन्दा बढी सामान अर्डर गर्न सकिन्छ।

डोरमिट डटकमले काठमाडौंको रिङरोडभित्र एक हजारभन्दा बढी मूल्यको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको सुविधा दिइरहेको छ। कम्पनीले विभिन्न चाडपर्व र दिवसहरूको अवसरमा विभिन्न अफर घोषणासँगै डोरमिट डटकमबाट सामान अर्डर गर्ने ग्राहकहरूमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारसमेत प्रदान गर्दै आएको छ।