मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले र जसपाका प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:११:oo

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्न भदौ २२ गतेसम्मको समयसीमा दिएको छ।  नेकपा एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतन्त्रिक समाजवादी पार्टी बनेका छन्। 

दल विभाजनसम्बन्धी अध्यादेश अनुसार उनीहरुलाई दल रोज्ने समयसीमा दिइएको हो। अध्ययादेश अनुसार दल विभाजनको २१ दिनभित्र दल रोज्न पाउने सुविधा छ। नयाँ दल रोज्ने प्रदेश सभा सदस्यले २२ गतेसम्म सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्ने छ। निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।