पार्टीहरूको आन्तरिक कारणले मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन- नेपाल

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। आइतबार संसदीय दलको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरूभित्र छलफल र परामर्श चलिरहेको भन्दै अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।

उनले भने,‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनु परेन। विभिन्न पार्टीहरूभित्र छलफल, परामर्श, चलिराछ। सवै आन्तरिक रुपमा पनि कतिपय काममा जुट्नु भएको छ । कसैको महाधिवेशन छ। कोही पार्टी निर्माणको क्रममा जुट्नुभएको छ। कोही पार्टी विस्तारको क्रममा जुट्नुभएको छ। यो सवै कारणले गर्दा स्थिति बनेको हो। अब छिट्टै यसको पनि निराकरण हुनेछ। अब छिटोभन्दा छिटो हुन्छ ।’

सुझावित समाचार