मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फ्याउरे सिँचाइ आयोजना सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४४:oo

इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिँचाइ आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भर्खरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो। 

१५ करोड तीन लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरिएसन भई जम्मा १६ करोड ९१ लाख रुपैयाँमा आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएकोे इन्जिनियर पुरुषोत्तम शाहले जानकारी दिए। डिजाइन परिवर्तन, चण्डालघाटमा पुल ढिलो निर्माण भएको र कोरोना महामारीबीच गत आर्थिक वर्षदेखि निर्माणले तीव्रता लिएको निर्माण व्यावसायी टंक गजुरेलले बताए । रासस