१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:११:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गर्ने भएका
छन् । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपराह्न सभापति देउवासँग भेट गर्ने समय मिलाएका
हुन् ।

शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरूको बैठकको निर्णयअनुसार उनले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिन लागेका नेता डा. मीनेन्द्र रिजालले जानकारी दिए।

बैठकमा पार्टीका जिल्ला सभापतिहरुको मागअनुसार क्रियाशील सदस्यहरूको नामावली छिटो सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरिएको बताइएको छ ।

ad
ad