१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारले पार्टी विभाजनसम्बन्धी विधेयक ल्याएर ठूलो सहयोग गर्‍यो : लोसपा नेता झा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:१५:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यकारिणी समिति सदस्य केशव झाले सरकारले दल विभाजनसम्बन्धी विधेयक ल्याएर ठूलो सहयोग गरेको बताएका छन्। निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि बिहीबार बसेको कार्यकारिणी समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता झाले यस्तो प्रतिक्रिया दिएका हुन्।

सत्तासाझेदारीको विषयमा आजको बैठकमा छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए। उनले सरकारको औपचारिक धारणा आएपछि मात्र यस विषयमा निर्णय लिइने उल्लेख गरे। बबरमहलस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको पहिलो बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको बताइएको छ।

बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने, सांगठनिक संरचना कस्तो र कुन प्रक्रियामा बनाउनेलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको झाले जानकारी दिए।

ad
ad