१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ९ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ ९ बुधबार १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको नयाँ कार्यक्रम- कर नबुझाउनेको घरमा पञ्चेबाजासहित नाचगान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ ९ बुधबार १२:४२:oo

काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घरघरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति करलगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्देश्यले घर, आँगन र कार्यालयपरिसरमा चेतनामूलक कार्यक्रम गरेको जनाएको हो। 

महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले महानगरले पटक–पटक सूचना निकालेर कर बुझाउन आग्रह दर्ता अटेर गरेपछि रचनात्मक दबाबस्वरूप यस्तो अभियान थालिएको जानकारी दिए। महानगरका अनुसार घरजग्गा, सम्पत्तिलगायतका कर तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिएको थियो।