१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल अवसरबारे भारतीय पूर्वाधार कम्पनी र नेपाल सरकारबीच अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध हुने अवसरका विषयमा भारतीय उद्योग परिसंघ (सिआइआई) र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच अन्तर्क्रिया भएको छ। भारतीय राजदूतावासको आयोजनामा  भर्चुअल रूपमा भएको अन्तर्क्रिया कार्यक्रममा भारतीय राजदूतावासकी नियोग उपप्रमुख श्रीमती नामग्य खम्पाले सम्बोधन गरेकी छिन्।

त्यस्तै, उपस्थित सहभागीहरूलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएको हो। उक्त अन्तर्क्रिया कार्यक्रममा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले सहभागीहरूसँग कुराकानी गर्नुका साथै उहीहरूका जिज्ञासा र प्रश्नहरूको जवाफ पनि दिएका हुन्।

कार्यक्रममा नियोग उपप्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेकोे उल्लेख गरिन्। खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरिन् ।