१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Sunday, 11 May, 2025
२o७८ भदौ ८ मंगलबार o६:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका नेताले भने– आसन्न चुनावसम्म सबै सुकुमबासीलाई जग्गा दिन्छौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार o६:२३:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भूमि सुधार मन्त्रालय आफ्नो भागमा पर्ने बताएका छन् । पार्टीको सोमबार दाङ निर्वाचन क्षेत्र नं. १ को आयोजनामा भएको भेलामा यस्तो बताए । ‘सम्भवतः हाम्रो भागमा  भूमि सुधार मन्त्रालय पर्छ,’ उनले भने, ‘प्रदेश, केन्द्र, स्थानीय तह सबैमा हाम्रो नेतृत्वमा सुकुमबासी आयोग गठन हुन्छ, हामी चुनावसम्म सबै सुकुमबासीलाई जग्गा दिन्छौँ ।’  

प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले भूमिहीनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको र १० वर्ष अघिदेखि यो कार्य जारी रहेको भन्दै भूमिहीनहरूले जग्गा पाउने कुरामा ढुक्क हुनसमेत आग्रह गरे । ‘विधेयक बनेको छ, कानुन बनेका छन्,’ उनले भने, ‘अब भूमि आयोग पुनर्गठनको काम भएको छ, जसरी पनि भूमिहीनलाई हामी जग्गा दिन्छौँ ।’

साथै उनले यसअघिको आयोगमा बेथितिहरू धेरै भएकोसमेत बताए । ‘देशैभर आयोगमा ज्वाइँ, सासूहरूलाई भर्ना गर्ने काम भयो,’ उनले भने, ‘जग्गा दिन्छौँ भनेर धेरै ठाउँका सुकुमबासीहरूबाट पैसा असुली गरेको भन्ने गुनासो पनि आएका छन् ।’  

नेकपा (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेकोसमेत उनले बताए । ‘हामीसँग माधव नेपाल, झलनाथ खनाल र वामदेव कमरेड पनि हुनुहुन्छ,’ उनले भने, ‘ चार नेतामध्ये उतातिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ ।’  

साथै उनले एउटा दलले मात्रै लामो समय सत्ता सञ्चालन गर्न सकेको इतिहास नभएको भन्दै अबको निर्वाचनमा कार्यगत एकता गरेर जाने गरी सम्झौता भएकोसमेत बताए । ‘हामीले सकेसम्म विचार मिल्ने राजनीतिक दलहरूबीच एकता गर्ने, यदि त्यो भएन भने पनि चुनाबी गठबन्धन गर्ने गरी सहमति भएको छ,’ उनले भने ।  

अर्को प्रसंगमा लुम्बिनी प्रदेशको राजधानी ल्याउन शंकर पोखरेलको मात्रै भूमिका नभई प्रदेशको बीचभागमा पर्ने भएकाले भालुवाङ तोकिएकोसमेत बताए । शंकर पोखरेलले बेलझुन्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै बीचमा भालुवाङ पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको उनको भनाइ थियो ।