१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ९ बुधबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद, सभापतिले आजै प्रतिवेदन बुझ्‍ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १२:४१:oo

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता विवाद टुंगिएको छ। साउन ३० मा बसेको केन्द्रीय कार्यसमिति निर्णयअनुसार कार्यदलले सदस्यता वितरण र नवीकरणमा देखिँदै आएको विवाद टुंग्याएको कांग्रेसले जनाएको हो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यताको विषय कार्यदलले टुंगो लगाएको र प्रतिवेदन आइतबार नै सभापति शेरबहादुर देउवालाई बुझाउन लागिएको जानकारी दिए। ‘उहाँहरूले टुंग्याएको सूचना दिनुभएको छ। अहिले छलफलमा हुनुहुन्छ। आजै छलफलपछि सभापति देउवालाई बुझाउने तय भएको छ,’ प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने।  

केन्द्रीय समिति बैठकले रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको हो।  प्रतिवेदन पारित भएसँगै प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका विषय टुंगो लगाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र लेखकलाई जिम्मा लगाएको थियो। 
  
कार्यदललाई भदौ २ भित्र विवाद टुंग्याएर भदौ ३ भित्र सभापति देउवालाई लाई बुझाउने समयसीमा दिइएको थियो। तर, विवाद  समाधानमा ढिलाइ हुँदा तीन दिन ढिला गरी सभापति देउवालाई प्रतिवेदन बुझाउन लागेको हो।

ad
ad