१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेंसीसहर–चामे सडकको लमजुङखण्ड तीन दिनदेखि अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:३४:oo

बेंसीसहर–चामे सडकको लमजुङखण्ड तीन दिनदेखि अवरुद्ध भएको छ। बुधबार राति मर्स्याङ्दी गाउँपालिका– ४ ताघ्रिङको काप्रेभिरमा गएको पहिरोले बेंसीसहर–चामे सडकको लमजुङखण्ड अवरुद्ध भएको हो।

असार १ गतेको बाढीपहिरोले बगाएको सडक खुलाएपछि केही दिनयता बेंसीसहरदेखि मनाङको नासोँ– १ तालडाँडा खोत्रोसम्म सवारी आवागमन भइरहेको थियो। मर्स्याङ्दी गाउँपालिका स्यागेका नरबहादुर गुरुङले बुधबार राति पहिरो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध भएको बताए । सडक अवरुद्ध भएसँगै हिँडडुल गर्न र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ।

असार १ को बाढीले अवरुद्ध बेंसीसहर–चामे सडकको मनाङखण्ड म्यार्दीदेखि चामेसम्मको ३० किलोमिटरमध्ये म्यार्दीदेखि सिरानताल खोत्रोसम्म र चामेदेखि तिमाङखोलासम्म सवारी चलेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। अहिले बाढीले बगाएको सडकको मर्मतकार्य धमाधम चलिरहेको छ। बेंसीसहरदेखि मर्स्याङ्दी–४ काप्रेभिरसम्मको १९ किलाेमिटर सडकमा भने सवारी आवतजावत भइरहेको स्थानीय दीपक गुरुङले बताए।

अवरुद्ध सडकको पहिरो पन्छाउने काम भइरहेकाले सोमबारसम्म सडक खुलाइने डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठले जानकारी दिए। बेंसीसहर–चामे सडकको लमजुङखण्डको खरखरेभिरमा नियमितजसो पहिरो गएर सडक अवरुद्ध हुने गरेको छ।

ad
ad