१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:४७:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सरिता अर्यालको ‘मेरो अपहरण’लाई  उत्तम–शान्ति पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४७:oo

उत्तम कुँवर स्मारक पुरस्कार गुठीले सरिता अर्यालको नियात्रा कृति ‘मेरो अपहरण’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कारद्वारा सम्मान गरेको छ । अर्यालले उक्त कृतिमार्फत नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई प्रस्तुत गरेको गुठीको भनाइ छ ।

यस कृतिले नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान पुगेको भन्दै ताम्रपत्र र नगद एक लाख एक रुपैयाँसहित पुरस्कृत गरिएको गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गुठीले ०४४ सालदेखि आख्यानेतर गद्य विधामा रचना गरिएका कृतिहरूलाई पुरस्कारद्वारा सम्मान गर्दै आएको छ ।