१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
एजेन्सी
२o८१ जेठ ५ शनिबार १५:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

जलवायु परिवर्तनका कारण विश्वका एक अर्ब बालबालिका प्रभावित

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:१३:oo

विश्वका करिब एक अर्ब बालबालिका जलवायु परिवर्तन र प्रदूषणका कारण जोखिममा परेका छन्। संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार विश्वका एक अर्ब बालबालिका जोखिममा रहेका छन्। जलवायु परिवर्तन र प्रदूषणको प्रभाव, गरिबी तथा स्वच्छ पानी, शिक्षा र स्वास्थ्यसेवामा पहुँचका आधारमा प्रतिवेदन तयार गरिएको बताइएको छ।

विश्वभरका बालबालिका कुनै न कुनै रूपमा जलवायु परिवर्तन र प्रदूषणको असर भोगिरहेका छन्। भारत, नाइजेरिया, फिलिपिन्ससहित अन्य ३३ देशका बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षा संकटमा परेको प्रतिवेदनमा उल्लेख छ। उनीहरू जलवायु परिवर्तनका कारण सिर्जित हिटवेभ, बाढी, चक्रबात, बिमारी, वायु प्रदूषणजस्ता समस्याको सामना गर्न बाध्य छन्। यो स्थितिलाई भयानक भन्दै युनिसेफले चिन्ता जनाएको छ।

प्रतिवेदनका लेखकमध्येका एकनिक रिस जलवायु परिवर्तनबाट बालबालिकामा परेको असरको तस्बिर अकल्पनीय रूपमा भयानक रहेको बताउँछन्। उनका अनुसार सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने देशहरू नै धेरै प्रभावित छन्।

रिपोर्टअनुसार विश्वका ९२ करोड बालबालिका स्वच्छ पानीको अभावमा छन्। ८२ करोड हिटवेभ र ६० करोड बालबालिका मलेरिया र डेंगुजस्ता कीटजन्य रोगबाट प्रभावित भएका प्रतिवेदनलाई उद्यत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

ad
ad