मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँग हुने दुई 'एक दिवसीय सिरिज'का लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्।

मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्सन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए। सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्सनले पहिलोपटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन्। गुलसनसँगै अर्का तीव्र गतिका बलर विक्रम साेब, शरद भेषवाकर र रोहितकुमार पौडेल पुनः राष्ट्रिय टोलीमा परेका छन्।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ भने उक्त सिरिजअगाडि पिएनजीसँग दुई एक दिवसीय खेल खेल्नेछ।  त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ। नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ । त्रिकोणत्मक सिरिजअगाडि पिएनजीसँग नेपालले भदौ २० मा पहिलो र भदौ २३ मा दोस्रो खेल खेल्नेछ। ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ। यद्यपि, खेल तालिका भने सार्वजनिक भएको छैन।

लिग टुमा नेपालले अहिलेसम्म चार खेल खेलेको छ। जसमा दुई जित निकाल्दा दुई खेलमा नजिता सुम्पिएको छ। घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले चार खेल खेलिसकेको छ। लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ। नेपाल छैटौँ स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन।