१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महन्थ ठाकुरले गरे नयाँ पार्टीको नाम परिवर्तन, नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि गरेको प्रस्तावित नाम परिवर्तन गर्ने भएका छन्। निर्वाचन आयोगको सुझाबअनुसार नाम परिवर्तन गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

आयोगले दर्ता भइसकेका पार्टीको नामको अगडि या पछाडि अन्य शब्द थप गरेर नाम नराख्न सुझाएपछि नाम परिवर्तन गरिएको छ। नेता कर्णका अनुसार नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तय भएको हो। नयाँ नामबारे शुक्रबार नै आयोगलाई जानकारी गराउन लागिएको उनले नयाँ पत्रिकालाई जानकारी दिए। 

‘आयोगको सुझाबअनुसार नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तय भएको छ। आजै आयोगमा जानकारी गराउन लागिएको छ,’ साइकल चिह्नबारे भने कुनै समस्या नरहेको उनले जानकारी दिए।