मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format ११:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल पक्षका सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुखको कार्यालय पुगे एमाले सांसद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सा‌ंसदहरूले सभामुख अग्नि सापकोटालाई दबाब दिएका छन्। शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर सांसदहरूले एमालेको पत्रमाथि सूचना जारी गर्न सभामुखलाई दबाब दिएका हुन्। 

सांसदहरू महेश बस्नेत, खगराज अधिकारीलगायत अहिले सभामुखको कार्यकक्षमा पुगेका छन्। कार्यकक्षमा पुगेका सांसदहरू सभामुख सापकोटा आइनपुगेकाले प्रतीक्षा गरिरहेका छन्। दबाब दिन पुगेका सांसदहरूले कारबाहीको सूचना जारी गर्न ढिलाइ भए धर्ना बस्नेसमेत चेतावनी दिएका छन्। 

सांसद बस्नेतले शुक्रबार धर्ना नै दिने मनसायले सभामुख भेट्न आइपुगेको बताए। ‘सभामुखले अध्ययन र छानबिन गर्छु भनेर बस्ने होइन, कारबाहीको सूचना तत्काल जारी गर्नुपर्छ,’ उनले भने।