मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २ बुधबार २१:०७:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

केन्यामा रेलमार्ग बनाउँदाको चिनियाँ ऋण तिर्न दबाब 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २ बुधबार २१:०७:००

अफ्रिकाको केन्यामा रेलमार्ग निर्माणका लागि लिइएको चिनियाँ ऋण उसलाई अहिले गलपासो साबित भएको छ । केन्याले ऋण भुक्तानीको म्याद यही डिसेम्बरसम्म मागेको छ । चीनले भने तारन्तार ऋण चुक्ता गर्न दबाब दिँदै आएको छ । केन्याले ३८ अर्ब अमेरिकी डलर ऋण चीनलाई तिर्न बाँकी छ । 

चीन केन्यालाई धेरै ऋण दिने मुलुकमध्ये पहिलो नम्बरको हो । चीनसँग केन्याको कम्पनीले आधुनिक रेल्वे लाइन निर्माणका लागि ऋण लिएको बिजनेस डेलीमा पत्रकार बोनफेस अटोनीले लेखेका छन् । 

चिनियाँहरूको स्थानीय ठेकेदार अफ्रिका स्टार रेल्वे अपरेसन कम्पनी (अफ्रिस्टार)मार्फत केन्याले चिनियाँ बैंकबाट ऋण लिएको थियो । स्ट्यान्डर्ड गेज रेलका लागि (एसजिआर) रेलमार्ग सञ्चालनका लागि लिइएको ऋण तिर्ने भाका केन्याले डिसेम्बरसम्मका लागि चीनलाई प्रस्ताव गरेको छ । चीनको चाइना रोड एन्ड ब्रिज कर्पोरेसनलाई केन्याका विभिन्न परियोजनाहरूबाट ३८ अर्ब अमेरिकी डलर भुक्तानी गर्न बाँकी छ । रेल्वेकै लागि चीनले सुरुमा तीन अर्ब २० करोड अमेरिकी डलरमा मोसाम्बादेखि नैरोबी र त्यसपछि नैरोबीबाट नैभाषासम्मका लागि भनेर थप एक अर्ब ५० करोड डलरमा ठेक्का पाएको थियो । रेलमार्ग परियोजना निर्माण चार वर्षअघि नै सन् २०१७ मा सम्पन्न भएको थियो । 

केआरसी (केन्या रेल्वे कर्पोरेसन) र अफ्रिस्टारबीच दुई वर्षअघि सम्झौता भएको थियो । केआरसीले चिनियाँ सर्त स्वीकार गरेर काम थालेको थियो । त्यसका लागि केन्याले चीनसँग ऋण सापटी लिएको थियो । मोम्बासादेखि नैराबीसम्म जोड्ने रेलको इन्जिन र कोच खरिदका लागि पनि चिनियाँ बैंकसँग पैसा लिइएको थियो । चीनको एक्जिम बैंकबाट केन्याले २०१४ मेमै परियोजनाका लागि रकम लिएको थियो । सुरुमा ऋण अवधि पाँच वर्षको थियो ।


अहिले चिनियाँ फर्मले रेल्वे परियोजना पूर्ण रूपमा हस्तान्तरण हुनुपूर्व अर्बौँ सिलिङको माग गरेको बिजनेस डेलीले लेखेको छ । संसद्ले एसजिआरको लागत आधा घटाउन केन्या सरकारलाई निर्देशन दिएको थियो ।