१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार १४:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‍निर्वाचन आयोगमा एमालेले पठायो केन्द्रीय कमिटीको नयाँ विवरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:४८:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगमा केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ। आयोगका अनुसार दुई सय तीन सदस्यीय केन्द्रीय पदाधिकारीको संख्या बढाएर दुई सय ६० को नयाँ विवरण पठाएको हो।

आयोगका सचिव सुरेश अधिकारीका अनुसार नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गरिदिन भन्दै एमालेले आयोगलाई पत्र पठाएको हो।

‘केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गर्न भन्दै दुई सय  ६० सदस्यको विवरण आयोगमा आइपुगेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसअघिको संख्यामा थप भएर आएको छ।’

यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट नेताहरूसँग आफू पक्षका नेताहरूलाई अध्यक्ष केपी ओलीले  कारबाही गरेर नयाँ नामसहितको विवरण आयोगमा पठाएको बताएका थिए।

ad
ad