१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२४ अंकले घट्दा पनि कारोबारमा नयाँ रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:४८:oo

आइतबार धितोपत्र बजार परिसूचक नेप्से २४ अंकले घट्दा पनि कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ । यसभन्दा अघिका कारोबारहरूमा १९ अर्बसम्मको सेयर खरिद–बिक्री भएकोमा त्यसलाई तोड्दै आइतबार कारोबार रकमले नयाँ रेकर्ड कायम गरेकोे हो । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २२ कम्पनीको ३ करोड ५५ लाख कित्ता– इकाइ सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार नेपाल बैंकको भएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूको अनअडिटेड रिपोर्ट सकारात्मक आउने क्रम रहेकाले पनि लगानीकर्ताको ध्यान वाणिज्य बैंकको सेयर खरिद–बिक्रीमा तानिएको छ ।

नेपाल बैंकको १ अर्ब ५ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ७९ करोड २५ लाख रुपैयाँ, अपि पावर कम्पनीको ७० करोड २७ लाख रुपैयाँ, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।  

शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि आइतबारको सेयर बजारलाई चासोसहित हेरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले पनि पुँजी बजारलाई प्रभाव पार्ने कुनै नीति नआउने बताएका थिए । मौद्रिक नीतिमा सेयर लगानीकर्ताले व्यक्तिगत र संस्थाको हकबाट ४ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा लिन सकिने गरी सीमा तोकिदिएपछि लगानीकर्ता असन्तुष्ट भएका छन् । सेयर लगानीकर्ताले मौद्रिक नीतिप्रति असन्तुष्ट जनाउँदै अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार ध्यानाकर्षण नै गराएका छन् । 

ad
ad