१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २१:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वगोर्खा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न राणाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:४१:oo

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले बेलायती सरकारसँग वार्ता गरेर पूर्वगोर्खा सैनिकहरूको समस्या समाधानमा कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राणाले आग्रह गरेका हुन् । 

‘अनशनरत भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ,’ राणाले भनेका छन् । 

मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय लिने देउवाले बताएका छन् । भेटको क्रममा अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल स्वदेश फिर्ता ल्याउन पनि राणाले सरकारसँग माग गरेका छन् ।

ad
ad